दफा ४७
ड्रअरमाथि दावी गर्नुपर्दा चेक प्रस्तुत गर्नुपर्ने
(१) जुन बैङ्क उपर  चेक खिचिएको छ, सो बैङ्कमा चेक प्रस्तुत नगरी कसैले पनि ड्रअर उपरदावी गर्न पाउने छैन । (२) मनासिब समयभित्र चेक प्रस्तुत नगरेको कारणबाट कसैलार्ई कुनै नोक्सानी हुन गएमा सो नोक्सानीको रकम ड्रअरसँग दावी गर्न सकिने छैन ।